image

इजरायल जाने सबैको स्वास्थ्य परीक्षण अगाडि बढाइयो  

इजरायल जाने सबैको स्वास्थ्य परीक्षण अगाडि बढाइयो  

काठमाडौँ, ६, मंसिर । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेकामध्ये बाँकी रहेका ६७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ ।

यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मङ्सिर ११ गतेसम्म एक हजार १७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुनेछ । विभागका अनुसार यसअघि नामावली सार्वजनिक भएकामध्ये कात्तिक २९ देखि मङ्सिर ५ सम्म ५०० स्वास्थ्य परीक्षण गरिसकेका छन् ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसङ्ख्या तथा अध्यागमन निकाय ९पिवा०द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनोट भएका एक हजार १७५ को नाम सार्वजनिक गरेको थियो । विभागले तोकिएका युवाको स्वास्थ्य परीक्षणको काम पूरा भएपछि सो रिपोर्ट इजरायलको पिवामा पठाउने र त्यहाँबाट रोजगार सम्झौताको प्रक्रिया अघि बढ्नेछ ।

विभागका स्वास्थ्य परीक्षणका लागि स्टार अस्पताल सानेपा, हेम्स अस्पताल मण्डिखाटार, नेपाल मेडिसिटी अस्पताल भैँसेपाटी र मनोमहन मेमोरियल मेडिकल कलेज स्वयम्भूमा स्वास्थ्य परीक्षण गर्न सकिने जनाइएको छ । स्वास्थ्य परीक्षण गर्नका लागि प्रतिव्यक्ति आठ हजार ९०० रुपियाँ लाग्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।