image
image

भूपेन्द्र बडुवाल हत्याका प्रकरणका एक आरोपी पक्राउ, ६ फरार

काठमाडौँ, ६, मंसिर । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट पक्राउ परेका छन्।  पक्राउ पर्नेमा लम्कीचुहा–१ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन्। शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको हो।


आइतबार बेलुका शाही धरान विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो। पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले बताए।

बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो। हत्या गरेको आरोपमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ। जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए।टीकापुर हत्याको दुई साता नाघ्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।

शाहीसहित बडुवाल हत्याका १० आरोपी पक्राउ परेका छन्। अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।