image
image

उद्योगमा करेन्ट लागेर एकको मृत्यु  

काठमाडौँ, ६, मंसिर। मोरङको बुढिगंगा गाउँपालिकाको एक उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको बाग्मती मोलडिङ्ग इन्डस्ट्रिज प्रा।लिमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका ४४ वर्षीय कलरु कुमार खवास रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पानी खान तथा हात खुट्टा धुन उद्योगमा जडान भएको कलको मोटर चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका खवासको विराट मेडिकल कलेज गंगाचौकमा मृत्यु भएको प्रहरी चौकी नेमुवाले जनाएको छ ।

सोही कलमा अरू ४ जनालाई पनि करेन्ट लागेको र मजदुरहरूले पटक पटक गुनासो गर्दा समेत उद्योग प्रशासनले चासो नजाँदा खवासको मृत्यु भएको उद्योगका मजदुरहरूले बताएका छन् । मृतक नेकपा माओवादी केन्द्र गाउँ कमिटीका सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।