image

डिसेम्बरदेखि विद्यार्थीका लागि अस्ट्रेलिया खुल्ने  

डिसेम्बरदेखि विद्यार्थीका लागि अस्ट्रेलिया खुल्ने  

काठमाडौँ, ६, मंसिर । अस्ट्रेलिया सरकारले कोभिड–१९ महामारीका कारण करिब २० महिनादेखि रोकिइरहेका विद्यार्थी प्रवेश दिने भएको छ । कोभिड–१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध खुला गर्दै प्रवेश अनुमति दिने भएको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आज बिहान एक प्रेस ब्रिफिङमा डिसेम्बरदेखि प्रतिबन्धात्मक व्यवस्थाहरूलाई थप खुकुलो पार्दै लगिने बताएका छन् । योसँगै अब नेपाली विद्यार्थीहरूले पनि बिना पूर्व स्वीकृति अस्ट्रेलिया जान पाउने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले मकालुखबरलाई जानकारी दिए । उनका अनुसार अहिले करिब ३८ सय नेपाली विद्यार्थी भिसा लिएर अस्ट्रेलिया प्रवेशको पर्खाइमा छन् ।

त्यहाँका सरकारले करेन्टिनको व्यवस्थालाई पनि हटाउने भएको छ । तर पूर्ण खोप लगाएको हुनुपर्नेछ । ‘विद्यार्थीको लागि पूर्व स्वीकृति लिनुपर्ने छैन, करेन्टिनको व्यवस्था पनि हटाइएको छ, अध्यक्ष पाण्डेले भने, सरकारले प्रवेश अनुमति दिएपनि त्यहाँको ६ वटा राज्य र २ क्षेत्रले आफ्नै निर्णय गर्न सक्छन् । यसबारे अहिले खुलिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।