image
image

मासिँदै देशकै पहिलो गौशाला गाई गोठ

काठमाडौँ, ६, मंसिर। ९५ वर्षअघि निगौल गाई गौशालाको जग्गा २ सय बिघा थियो । १५ सय गाई थिए । जग्गा अतिक्रमणका कारण गौशालासँग १ सय ४८ बिघा १५ कट्ठाको मात्रै लालपुर्जा छ । गाई, बच्छाबाच्छी र साँढे गरी २ सय ९४ वटा मात्रै बाँकी छन् । झन्डै ५२ बिघा जमिन र १२ सय गाई हराएका छन् ।

गौशालाको सम्पत्ति विभिन्न व्यक्तिले हडपेका छन् । जसकारण चरण क्षेत्र मासिएको छ । गाईलाई खुवाउन हम्मेहम्मे परिरहेको छ । जहाँ वस्ती विस्तार भइसके । ठूला पक्की भवन बनिसकेका छन् । ‘गाईले केही खानेकुरा पाउँदैनन् । पराल पनि १० दिनमा एक दिन पाउँछन् । गुन्डा ९कुडो० त देख्नै पाउँदैन । गाई, बाच्छाबाच्छी, साँढे भोकै प्याँसै बाँचिरहेको छ,’ गोठाला प्रमेश्वर मण्डल भन्छन्, ‘डेढ महिनाभित्र १० वटा गाईवस्तु खानै नपाएर मरे ।’ यहाँ काम गर्ने २० कर्मचारीले नियमित तलबसमेत नपाएको उनी सुनाउँछन् ।


बहाल बिदौरीका नाममा जग्गा भाडा लिएकाहरुले आफ्नै नाममा लालपुर्जा बनाएका छन् । नापी, मालपोत र गौशालाकै कर्मचारीको मिलोमतोमा जग्गा हडपेको जानकार बताउँछन् । यहाँको सम्पत्तिमा बोलवालाको रजाइँ छ । विभिन्न दलका स्थानीय नेताले अतिक्रमणकारीलाई साथ दिएको जनता समाजवादीका लक्ष्मी महतो बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।