image
image

यस्तो छ आजको मौसम पूर्वानुमान 

काठमाडौँ, ६, मंसिर । देशका विभिन्न भागमा आज हिमपात तथा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

यसैबीच, काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । यद्यपि, पौने ९ बजेसम्म तापक्रम केही घट्न सक्ने विभागले जनाएको छ । बादल लागेकाले चिसो कम भएको विभागको भनाइ छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।