'अर्जुन रेड्डी' को नेपाली रिमेकका लागि कलाकारको खोजी
काठमाडौँ । सुपरहिट तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को अब नेपाली रिमेक निर्माण हुँदैछ । यो फिल्मको हिन्दी रिमेक ‘कबीर सिंह’ ले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिसकेको छ । नेपाली रिमेक अधिकार लिएको युवा फिल्म्सले फिल्मका लागि मुख्य नायक र मुख्य नायिकासँगै सपोर्टिङ रोल (पुरुष र महिला) का लागि अडिसन आह्वान गरेको छ ।
साउथ स्टार विजय देवगरकोन्डा अभिनीत ‘अर्जुन रेड्डी’ लाई सन्दीप रेड्डी भङगाले निर्देशन गरेका थिए । फिल्मले बक्सअफिसमा ५१ मिलियन कमाई गरेको थियो । यसको हिन्दी रिमेक ‘कबिर सिंह’ ले पनि साढे तीन सय करोडभन्दा बढीको व्यापार गर्न सफल भएको थियो।
यो फिल्मको नेपाली रिमेक अधिकार युवा फिल्म्सले भारतीय १० लाख (नेपाली १६ लाख) मा खरिद गरेका हुन्।
फिल्मलाई ‘सेल्फी किङ्ग’ बाट निर्देशकिय यात्रा सुरु गरेका विशाल सापकोटाले निर्देशन गर्दै छन। फिल्मको नेपाली रिमेकको नाम भने तय भईसकेको छैन । १ वर्ष अगाडि नै निर्माण घोषणा गरिएको फिल्म कोरोना भाइरसको महामारीका कारण छायांकनमा जान सकेको थिएन।
‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले गत वर्ष अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए । दक्षिण भारतीय फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्मको निर्मातामा आशिष श्रेष्ठ पनि रहेका छन् । कलाकार छनोटपछि फिल्मको छायांकन सुरु हुनेछ ।
फिल्मका लागि अडिसन दिन इच्छुकले [email protected] मा इमेल गर्न सक्नेछन ।