image
image

तीन थान चितुवाको छालासहित पक्राउ ४ जना पक्राउ

 काठमाडौँ   ५ मङ्सिर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–८ का ३५ वर्षीया कमल शाही, २२ वर्षीया चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का २१ वर्षीया ओपेन्द्र शाह र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीया विलम शाही रहेका छन् । 

उनीहरुलाई शनिबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५  बड्डिचौरस्थित एक होटलबाट पक्राउ गरिएको हो ।  उक्त होटलमा बसेर उनीहरुले दुर्लभ वन्यजन्तु चितुवाको छालाको कारोबार भइरहेको विषेश सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।  

उनीहरुको साथबाट केही मोबाइल थान, विलमले बोकेको कालो रङको झोलामा रहेका ४५ लाखको चेक र नगद २७ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।  उनीहरुको साथमा भेटिएको चेक स्वयम् विलम शाहीको नाममा काटिएको देखिन्छ । अहिले तीन थान छालासहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।