image
image

 उपत्यकामा वायुप्रदूषण उच्च, सतर्कता अपनाउन सुझाव

काठमाडौँ ४ मंसिर । काठमाडौँ लगायत देशका विभिन्न सहरहरुमा वायू प्रदूषणको जोखिम बढ्दै गएको छ । कात्तिक अन्तिम सातादेखि प्रदूषणको मात्रा बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन  वातावरणविद्हरूले सुझाव दिदै आएका छन् ।

वायुप्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेज अनिश्चित कालका लागि बन्द गरिएको छ ।नेपालमा पनि  गत वर्ष प्रदूषण बढेपछि सरकारले विद्यालय नै बन्द गर्ने निर्णय गरेको थियो । यो वर्ष पनि प्रदूषणका कारण शैक्षिक संस्था तथा यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने मौसमविद्हरूले बताएका छन् ।


बिहीबार राति धनगढीमा एक्यूआई १९३ थियो भने विराटनगरमा एक्यूआई १९१ मापन गरिएको थियो । यसैगरी, काठमाडौंमा एक्यूआई १७३ मापन गरिएको वातावरण विभागको वायुप्रदूषण मापन शाखाले जनाएको छ । रत्नपार्कमा एक्यूआई १८८ र ललितपुरको भैंसेपाटीमा १६७ भन्दा बढी मापन गरिएको थियो ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।