image
image

शनिबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ  ४ मंसिर । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव केही दिनयता नेपालमा जारी रहेको छ । जसका कारण हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक  बदली रहेको छ।


यस्तै शनिबार दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी  र  गण्डकी प्रदेशका भूभागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।  

यसैगरी राति सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।