बेलायतले १० हजार नेपाली नर्सलाई रोजगारी दिने
काठमाडौँ ३ मंसिर । बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ ।
नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो । शुक्रबार एक सार्वजनिक कार्यक्रममा श्रमिकमैत्री समझदारीपत्रको मस्यौदा तयार गर्न शुरु बेलायत सरकारसँग छलफल गरेका हुन् ।
त्यस्तै उक्त छलफलमा बेलायतसँग श्रम समझदारी भएमा सेवा सुविधा, बीमा, स्वास्थ्योपचार, हवाई भाडा र भर्ति प्रक्रियाका सबै खर्च रोजगारदाताले ब्यहोर्ने व्यवस्था हुने सरकारले बताएको छ ।