image

कात्तिकमा मात्रै झण्डै ५५ हजारले लिए श्रम स्वीकृति

कात्तिकमा मात्रै झण्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाडौँ, ३, मंसिर । वैदेशिक रोजगारीमा जान कात्तिक महिनामा मात्रै झण्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार पचास हजार ६ सय २३ पुरुष र चार हजार २ सय ९५ महिला गरि ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये तीस हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो नेपाल सरकारले रोजगारीको लागि मान्यता दिएका विभिन्न ८४ वटा देशहरुमा जानेको संख्या हो । 

कोरोना महामारी केही कम भएसँगै वैदेशिक रोजगारीमा जानेहरु पनि बढीरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको लागि धेरैको रोजाइमा कतार परेको छ । कात्तिकमा कतारको लागि १९ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कतारपछि साउदी जानको लागि १७ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै १३ हजार पाँच सय ५० जनाले रोजगारीको लागि यूएई रोजेका छन् ।

विदेश जान श्रम स्वीकृति लिएकामध्ये १२ जना मात्र उच्च दक्षता भएका छन् । ६८ जना व्यावसायिक रुपमा गइरहेका छन् भने चार हजार ६ सय ५९ जना अर्धदक्ष रुपमा गइरहेका छन् । यस्तै कात्तिकमा वैदेशिक रोजगारीमा जानेमध्ये २३ हजार ४ सय ५६ जना दक्ष र २६ हजार ७ सय २३ जना अदक्ष रहेको विभागको तथ्याँकमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।