image
image

आयुर्वेद उद्योग खोल्न रामदेवलाई जग्गा दिन्छौँ ः प्रधानमन्त्री देउवा 

काठमाडौँ, ३, मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय बाब रामदेवलाई नेपालमा आयुर्वेद उद्योग खोल्न पूरा साथ दिने बताएका छन्। 

काठमाडौंको मण्डिखाटारमा आयोजित पतञ्जलि योगपीठ नेपालको कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएकभा हुन्। रामदेव बाबा नेपाललाई मन पराउनु हुन्छ, प्यार गर्नुहुन्छ। विश्वभर नै योगबारेमा चेता दिनु भएको छ, उनले भने,सबै ठाउँमा अहिले स्वस्थ हुन योगलाई माध्यम बनाउँछन्।

उनले साइड इफेक्ट नभएको एउटा मात्रै औषधि आयुर्वेद भएको बताए। बाबाले आयुर्वेदमा रिसर्च गरेर धेरै काम गर्नु भएको छ। नेपालमै आयुर्वेदिक औषधि उत्पादनसहितको काममा सहयोग हुनेछु, उनले भने, उहाँलाई जे जे आवश्यकता हुन्छ हामी पूरा पूरा उपलब्ध गराउने छौँ । आयुर्वेद प्लान्टदेखि परीक्षण सबै सहयोग गर्छौँ।

उनले बाबा रामदेवको अभियान गैरनाफामुलक भएकाले सरकारले सबै सहयोग गर्ने पनि बताए। उहाँलाई पूरा सहयोग हुन्छ। जग्गाको समस्या रहेछ। त्यो पनि सरकारले दिनेछु, उनले भने, सरकारले सबै सहयोग गर्छ उहाँलाई पूरा पूरा सहयोग हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।