image
image

पहिलो पटक कृषि ग्रुपले ल्यायो फर्मा ट्याक्टर

काठमाडौँ, ३, मंसिर । कृषि ग्रुपले नेपालमै पहिलो पटक फर्मा ब्रान्डको ट्याक्टर भित्र्याएको छ । युरोपेली ब्रान्डको उक्त ट्याक्टरको बुधबार होटल सोल्टीमा लन्च गरिएको हो । जिपीएसको माध्यमबाट काम गरे नगरेको, तेल, इन्जिनको अवस्था घरमै बसेर मोबाइल मार्फत हेर्न सकिने फोर्मा ट्याक्टरको विशेषता हो ।

अरु ट्याक्टरको तुलनामा बलियो, तराई तथा पहाडी जुनसुकै क्षेत्रमा पनि सजिलै प्रयोग गर्न सकिने प्रविधि जडित भएकोले फोर्मा ट्याक्टर नेपालमा भित्र्याएको कृषि ग्रुपले जनाएको छ ।

नेपाली बजारमा पहिलोपटक ल्याएको फोर्मा ट्याक्टर बुधबार सोल्टी होटलमा एक कार्यक्रमका बिच अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले कृषि यन्त्र वितरण मात्र गर्दा परनिर्भरता बढ्ने भएकाले उत्पादनलाइ पनि ध्यानदिन आवश्यक रहेको बताए ।

मन्त्री शर्माले नेपालमै फोर्मा ट्याक्टर उत्पादन गर्न थाल्ने हो भने सरकारले कम्पनीको आवश्यकता अनुसार माग भए बमोजिमको जग्गा उपलव्ध गराउने बताएका छन् । उनले उद्योग संचालनका आगि आवश्यक सहुलियत दरमा विद्युत उपलव्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यता कृषि ग्रुपकाका अध्यक्ष तेजबिक्रम थापाले कृषि ग्रुपले अन्तर्गत दुइदर्जन भन्दा बढी कम्पनीहरु सञ्चालनमा रहे पनि मुख्य लगानी कृषि क्षेत्रमा रहेको जानकारी दिएका छन् । अध्यक्ष थापाले कृषि क्षेत्रको उत्पादनलाइ बृद्धि गर्नु नै आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । उनले अहिलेका किसानहरु प्रविधिसँग नजिक भएकै कारण किसानहरुकै चाहाना अनुरुप फोर्मा टयाक्टर भित्र्याएको समेत बताए ।

कृषिग्रुपले एवम् यति टेक्निक फाम प्रालिका बजार प्रमुख अनिल श्रेष्ठले फोर्मा टयाक्टर आधुनिक प्रविधियुक्त ट्याक्टर भएकोले किसानको रोजाईमा पर्ने बताए । उनले कृषि क्षेत्रलाई पुरानो ढर्राबाट उन्मुक्तिका लागि पनि फोर्मा ट्याक्टरको आवश्यकता भएको बताए । बजार प्रमुख श्रेष्ठले कृषि ग्रुपले किसानको आवश्यकता अनुसार काम गर्ने पनि बताए ।

यति टेक्निक फाम प्रालिले फोर्मा ट्याक्टरको बुटवल, पोखरा, विरगन्ज, नारायणघाट, बिर्तामोड र सुर्खेतमा शाखा विस्तार गरिसकेको छ । धनगढी, नेपालगन्ज, विराटनगर र जनकपुरमा पनि छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ । फोर्मा ट्याक्टरमा स्मार्ट आई सिस्टम, जीपिएस सिस्टम, ४० देखि ७५ हर्स पावर क्षमता रहेको छ ।

जिपीएसको माध्यमबाट काम गरे नगरेको, तेल, इन्जिनको अवस्था घरमै बसेर मोबाइल मार्फत हेर्न सकिने फोर्मा ट्याक्टरको विशेषता हो । कृषि ग्रुपलेले विगत २२ बर्षदेखि युवाहरुलाई स्वदेशमै कृषि मार्फत रोजगारी सिर्जना गरेर विदेश जाने युवाहरुलाई रोक्ने मुख्य लक्ष्य लिएर विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । कृषि ग्रुपलेले सहकारी, स्वास्थ्य, कृषि मार्ट, कृषि फार्म, सञ्चार, मल उत्पादन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।