image

वैदेशिक रोजगारी छोडेर टर्कीपालन व्यवसायबाट मनग्य आम्दानी; जीवमनी लुइँटेलको फेरिएको जिवन  

वैदेशिक रोजगारी छोडेर टर्कीपालन व्यवसायबाट मनग्य आम्दानी; जीवमनी लुइँटेलको फेरिएको जिवन  

काठमाडौँ २ मंसिर।  विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् ।सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गरेका हुन् । 

सुरुआती चरणमा रु ७० लाख लगानी गरेर टर्कीपालन सुरु गरेका लुइँटेलले अहिले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएका छन्। उनले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गरेका छन् । केही समय पहिले ९०० टर्कीपालन गरेका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् । लुइँटेलले पालन गरेका टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडौँ हो ।

यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ । हप्तामा ५० किलो काठमाडौँ, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की बिक्री हुँदै आएको छ, उनले भने।

डेढ वर्षदेखि टर्कीपालन गर्दै आउनुभएका उहाँले एउटा टर्की १५ किलोसम्म बनाएका छन् । उनले टर्कीको मासु एक किलोको रु एक हजारमा बिक्री वितरण गर्दै आएको बताए । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गरेका छन्। टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो ।

श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाएका जीवमनिले हाल आफँै गाडी किनेर टर्कीको मासु काठमाडौँ, पोखरा, नारायणगढसम्म पुर्याउँदै आएका छन् । परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ, उनले भने ।

टर्कीपालनबाटै उनले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराएका छन्। आगामी दिनमा उनले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।