सर्वोच्चमा आएका एक दर्जन युवाले दिए कालो कोट च्यात्ने धम्की
काठमाडौँ २ मंसिर ।आज वकिलहरुको शान्तिपूर्ण आन्दोलनक क्रममा प्रहरी हस्तक्षेप पनि भएको थियो । त्यस लगत्तै केही युवाहरु आए । र, आन्दोलनरत वारका वकिलहरुलाई गाली गलौज गरे ।
ती युवाहरु आएर सर्वोच्चको प्राङ्गणमै प्रवेश गरेर वकिलहरुलाई कालो कोट च्याति दिनेसम्मको धम्की दिए। त्यसपछी केही प्रत्यक्षदर्शी वकिलहरूका अनुसार उनीहरु मदिरा पिएर आएका थिए। रातो कार स्वास्थ्य मन्त्रालय परिसरमा राखेर आएका उनीहरु र वकिलबीच बार परिसरमा घम्साघम्सी चल्यो।
वकिलहरू पनि प्रतिकारमा उत्रिएपछि उनीहरु त्यहाँबाट हतार हतार हिँडेका छन्। युवाहरु हिँडेपछि सर्वोच्चतर्फबाट प्रहरीको टोली आएको थियो।सर्वोच्चमा झण्डै एक महिनाअघि देखि प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र कानुन व्यावसायीहरुबीच संघर्ष चलिरहेको छ ।









