image
image

उद्योगमा वैदेशिक लगानी बढाउनुपर्छ ः मन्त्री जनार्दन शर्मा

काठमाडौँ, २, मंसिर । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् । काठमाण्डौंमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमूलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन् ।

मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकोमा जोड दिए । उनले भारतबाट आयात गर्ने मात्र नभई नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए ।

मन्त्री शर्माले भने, नेपालमा भारतको तुलनामा श्रम सस्तो छ । बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ । भारतमा उद्योगले प्रति युनिट २० रुपैयाँ तिर्ने गरेका छन् । तर नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रति युनिट बिजुली दिन्छौं । उद्योगलाई चाहिने जग्गालगायत अन्य सबै सुविधासहित आवश्यक कर छुट समेत सरकारले दिन्छ । फर्मा ट्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।