image
image

यातायात कार्यालयमा ओभर लोडका कारण यातायात सेवा नै प्रभावित

कामठाडौँ, २, मंसिर । दस बर्ष अघिको ड्राइभिङ लाइसेन्स प्रणालीलाई अपग्रेड गर्न नसक्दा पुरानै भर्सनको सिस्टमले यातायात व्यवस्था विभाग र यातायात कार्यालयहरुको सबै प्रणाली प्रभावित बनाएको छ ।

हाल सबै यातायात कार्यालयमा ओभर लोडका कारण सिस्टम नै काम नलाग्ने अवस्थामा छ । एक दशक भन्दा बढी पुरानो प्रणालीलाई नयाँमा रुपान्तरण गर्न नसक्दा पटक पटक सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।

चालक अनुमति पत्र सिस्टम गत कार्तिक ९ गतेबाट खुलेपछि मात्रै करिब ५ पटक भन्दा बढी प्रणाली नै डाउन भइसकेको छ । हाल सेवाग्राहीको बढी चाँप भएका कारण ओभर लोड भन्दै बिहान १० देखि ५ बजेसम्म सबै प्राणाली बन्द गरेर राखेको छ ।

सिस्टम ह्यान्डओभर भएपछि त्यसलाई मर्मत गरेर तत्काललाई चलाउने र अर्को बर्ष नयाँ प्रविधि मार्फत ड्राइभिङ लाइसेन्स प्रणालीलाई बनाएर डिजाइन गर्ने तयारी छ ।

हाल अफिस टाइममा बन्द गरिएको सिस्टम पनि एक हप्ता भित्र समस्याको समाधान हुने पोखरेलको दाबी छ । मर्मत भएपछि पनि नयाँ सिस्टम नबनेसम्म बन्द हुने र अभरलोड हुने समस्या आइरहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।