आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र
काठमाडौँ, २, मंसिर । कृषि ज्ञान केन्द्र र प्रधामन्त्री कृषि आधुनिकीकरण परियाजनाले आलु खेतीमा कृष्मकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा र्सिचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो ।
यहाँ अन्य नगदेबालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको र यमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्रका प्रमुख देकबहादर विष्टले बताए । गहुँभन्दा आलु बढी उब्जनी हुन्छ , नाफा पनि सोहीअनुसार हुन्छ, आलुबाट कृषकले मनग्य आम्दानी गर्न सक्छन्, त्यसैले अब बझाङलाई आलु जोनका रुपमा विकास गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ ।
आलू खेतीबाट सन्तुष्ट भएको कृषकको भनाइ छ । जयपथ्वी नगरपालिका–११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भए पनि अहिले भने खेती नै सुरु गरेको बताए । साथै उनले गहुँभन्दा पनि आलु खेतीले मनग्य आम्दानी हुने आशामा आलु खेती लगाएको जनाकारी दिए ।