image
image

इजरायलमा नेपालीलाई थप राेजगारीकाे अवसर प्रदान गर्न राजदूतसँग मन्त्री श्रेष्ठकाे आग्रह

काठमाडौँ १ मंसिर  । श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि इजरायली राजदूत हनान गोदरसँग नेपालीलाई इजरायलमा थप राेजगारीकाे अवसर प्रदान गर्न आग्रह गर्नुभएकाे छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएकाे थियाे । छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

केयर गिभरमा इजरायल जानका लागि भाषा उत्तिर्ण गरेकाहरू निकट भविष्यमै जान पाउनेछन् । मन्त्री श्रेष्ठले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत रोजगारीको पहल गर्न आग्रह पनि गर्नुभयो ।

मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन राजदूत गाेदरसँग आग्रह गर्नुभयो  ।

यस्तै मन्त्री श्रेष्ठले पछिल्लो समय इजरायल गएर कृषि क्षेत्रमा काम गरी आएका नेपालीले नेपालको कृषि क्षेत्रमा लगानी गरी व्यवसायीक कृषि पेशा गर्दै आइरहेको पनि बताउनुभयो । उहाँले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणमा सहयोग पुर्याएको बताउनुभयो । 

यस्तै राजदूत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताउनुभयाे ।  इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य देशको रुपमा रहँदै आएको छ । अहिले करिब १२ हजार नेपाली श्रमिक इजरायलमा कार्यरत छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।