image
image

कुवेतमा ७२९ नेपाली स्वास्थ्यकर्मी माग

काठमाडौँ, १, मंसिर । कुवेतको स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा नेपाली स्वास्थ्यकर्मीको माग गरेको छ। मन्त्रालयले नेपालका ७२९ स्वास्थ्यकर्मी माग गरेको हो। 

बीइसी नर्स, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स(पीसीएल), डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्ने गरी ७२९ कर्मचारी माग गरिएको छ।

माग गरिएका स्वास्थ्यकर्मीले नेपाली १ लाख १० हजार देखि १ लाख २५ हजारसम्म तलब पाउने कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बीएससी नर्सिङको न्यूनतम तलब १ लाख २५ हजार र स्टाफ नर्सको लागि १ लाख १० हजार तलब तोकिएको छ। 

सिटिइभिटी वा अन्य कुनै कलेज युनिभर्सिटीबाट ३ वर्षको कोर्स पूरा गरी सम्बन्धित काममा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्ने छ। नेपालको ओमेगा इन्टरनेसनलले उक्त जनशक्ति व्यवस्थापनको जिम्मा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।