image

मंसिर ८ गते ८३ जना नेपाली कामदार दक्षिण कोरिया उड्ने

मंसिर ८ गते ८३ जना नेपाली कामदार दक्षिण कोरिया उड्ने

काठमाडौँ, १, मंसिर । आउँदो मंसिर ८ गते ८३ जना नेपाली कामदार दक्षिण कोरिया उड्ने भएका छन् । वैदेशिक  रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका अनुसार ८३ जना नेपाली कामदार दक्षिण कोरिया उड्ने भएका हुन् । उड्ने ८३ जनामध्ये ४ जना महिला रहेका छन् ।

उता कोरिया पीडित संघर्ष समितिको एक टोलीले लामो समयसम्म दक्षिण कोरिया जान नपाएका नेपाली कामदारले पाइरहेको समस्याबारे ध्यानाकर्षण गरेको छ । संघर्ष समितिले कोरियाले नेपाली कामदारको कोटा थप गर्नुपर्ने, इपीएस प्रणालीलाई व्यवस्थित र विश्वासिलो बनाउने, विश्वासिलो प्रक्रिया पूरा गरेका सबै श्रमिकलाई सुरक्षित तरिकाले गन्तव्यमा चाँडै लैजानुपर्ने लगायतका सुझावहरु दिएको छ ।

इपीएस संघर्ष समितिका अध्यक्ष अजय सोडारीको नेतृत्वमा गएको टोलीले भैसेपाटीस्थित युबिटि भवनको उद्घाटन र हस्तान्तरण, श्रमिकको चापलाई मध्यनजर गरेर उडान संख्या बढाउने लगायतको माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।