बन्दकर्ताद्वारा त्रिपुरेश्वरमा टायर बालेर प्रदर्शन
काठमाडौँ, ३०, कात्तिक । प्ट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको आहवन गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्याकर्ताले आज विहान काठमाडौँको त्रिपुरेश्वर क्षेत्रमा टायर बालेर प्रर्दशन गरेको छन् ।
कन्दकर्ताले सुन्धाराबाट त्रिपुरेश्वर जाने बाटोमा टायर बालेर बाटो बन्द गराएका थिए । त्यसको केहि समयमै प्रहरी पूग्दा त्यहाँबाट बन्दकर्ता भागिसकेका थिए । नेपाल प्रहरी र सशस्त्र टोलीले आगो निभाएर बाटो खुलाएको थियो ।
यसैबीच बन्द गराउँदै हिँडेका पाँचजना नेकपा कार्याकर्तालाई प्रहरीले उपत्यकाका दुई स्थानबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार महाराजगन्जबाट ३ जना र साँखुबाट २ जना बन्दकर्ता पक्राउ परेका हुन् ।