image
image

काठमाडौँमा आज ४ घण्टा बत्ती नआउने, कुन–कुन ठाउँमा नआउने

काठमाडौँ, ३०, कात्तिक । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युतीय लाइन मर्मत तथा यन्त्र उपकरण जडानका लागि ४ घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चण्डोल क्षेत्रमा लिंक स्विच जडान गर्नुपर्ने भएकाले सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल लगायतका क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म बत्ती काटिने प्राधिकरणले जनाएको छ । मण्डिखाटार, एकताबस्ती र न्यु कोलोनी क्षेत्रमा पनि बिहान ११ बजेदेखि ३ बजेसम्म बत्ती काटिनेछ ।

धापासी फिडर अन्तर्गतको सामाखुसी चोकमा मर्मत तथा जडानको कामका लागि बसुन्धारा, टोखारोड, बानियाँटार, रानीबारी र ग्राण्डी अस्पताल वरपर पनि ११ देखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

भैरवनाथ गण क्षेत्रमा उपकरण जडान र मर्मतको लागि लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान ६ देखि बिहान १० बजेसम्म बिजुली काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।