image
image

इच्छाराज तामाङविरुद्ध साढे ५ अर्ब ठगीको उजुरी

काठमाडौँ, ३०, कात्तिक । सिभिल ग्रुपका अध्यक्ष इच्छाराम तामाङविरुद्धको मुद्धाको चाङ लाग्न थालेको छ । ग्रुपको अध्यक्षले गरेको ठगीको अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी बढ्दै गएको हो ।

कात्तिक १४ गतेसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा हिजो सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाको उजुरी परेको छ । जाहेरीकर्ताले तीन वर्ष अघिदेखिको रकम फिर्ता नपाएको भन्दै उजुरी गरेका हुन् ।

प्रहरीले नेकपा एमालेका पूर्वसांसद समेत रहेका तामाङसहित अन्य १२ जनालाई थुनामा राखेको छ । हालसम्म तामाङसहित १२ जनाविरुद्ध ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको उजुरी परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।