image
image

श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते

काठमाडौँ, ३०, कात्तिक । श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन् । स्याङ्जाको विरुवा गाउँपालिका–७ सुुरुङका ४२ वर्षीय हुमबहादुर थापाले ४० वर्षीय मिनामाया थापालाई बन्चरो प्रहार गरि घाइते बनाएको प्रदेश प्रहरी कार्यालय पोखारले जनाएको छ ।


प्रदेश प्रहरी कार्यालयका अनुसार बन्चरो प्रहारबाट श्रीमती मिनाको बायाँ कुम र ढाडमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकोमा अस्पतालले पोखरा रिफर गरेको छ । 

मदिराले मातिएको श्रीमान हुम बहादुरले घरायसी विवादमा श्रीमती माथी बन्चरो प्रहार गरेको कार्यालयले जनाएको छ । हाल उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेका छ ।

श्रीमान हुम बहादरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।