image
image

कृषि विभागमा नीतिगत भ्रष्टाचार

काठमाडौँ १० फागुन- कृषि विभागमा नीतिगत भ्रष्टाचार भएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले कुल ३८ वटा निजी शीत भण्डारण गृह (कोल्ड स्टोर)को बाँकी रहेको करोडौं रूपैयाँ बिजुली महशुल भुक्तानी गरेका छन्। नाफा कमाउने उद्देश्यले निजी क्षेत्रबाट सञ्चालन गरिएका ती ३८ वटा उद्योगको ५ करोड रूपैयाँ सरकारले तिरिदिएको छ ।


यस्तै किसानहरूले उत्पादन गर्ने कृषि उपज भण्डारणका लागि प्रयोग गरिने ती निजी शीतघरमा लाग्ने विद्युत् महशुलमा ५० प्रतिशत छुट दिने नीति अनुरुप आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७३/०७४ सम्मको ३८ वटा शीत भण्डारको ५ करोड रूपैयाँ विभागले तिरेको पाइएको हो ।आर्थिक वर्ष २०७५/०७६ मा कृषि विभागले उक्त रकम सिधै नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको थियो। एक वर्षका लागि भनेर सचिवस्तरीय निर्णय गरेर कोल्ड स्टोरहरूको बाँकी रहेको विद्युत् महशुलको ५० प्रतिशत अनुदानमा महशुल भुक्तानी गर्ने भनेर नीतिगत निर्णय गरी निजी कोल्ड स्टोरका सञ्चालकहरूलाई लाभ पुर्‍याइएको थियो। यसलाई नीतिगत भ्रष्टाचार भन्न मिल्ने विभागकै कर्मचारी बताउँछन् ।

सरकारले कुनै पनि रकम खर्च गर्नका लागि त्यसको आवश्यकता र औचित्य पुष्टि गर्नुपर्ने हुन्छ तर सरकारले कोल्ड स्टोरका सञ्चालकहरूमध्ये बढी भुक्तानी बाँकी भएका केही सञ्चालक मन्त्री वा सचिवको निकटको व्यक्ति भएको हुनाले भुक्तानी गरेको आसंका गरिएको छ ।
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।