image
image

कतारको ‘उच्च जोखिम’को सूचीमा नेपाल

काठमाडौँ, २९, कात्तिक । वैदेशिक रोजगारी र अन्य कामका लागि कतार जाने नेपाली पुनः क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कतारले नेपालसहित १० मुलुकलाई कोरोना भाइरसको उच्च जोखिम सूचीमा राखेपछि क्वारेन्टिन बस्नुपर्ने भएको हो । 

कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेकोे जोखिमयुक्त मुलुकको सूचीमा नेपाल पनि परेको छ । सूचीमा नेपालसहित दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इजिप्ट, इण्डोनेशिया, फिलिपिन्स, सुडान र दक्षिण सुडान परेका छन् । 

कतारको पत्रिका द पेनन्सुला कतारले आगामी सोमबार (आज) देखि नयाँ व्यवस्था लागू हुने बताएको छ । सोमबारपछि कतार आउनेले कम्तीमा एक हप्ता क्वारेन्टिन बस्नु पर्ने छ । कोरोनाविरुद्धको खोप, पीसीआर परीक्षणको व्यवस्था पहिलेकै नियम अनुसार हुने बताइएको छ । 

कतारले विश्वका १ सय ८१ मुलुकहरु खतरारहीत अर्थात हरियो सूचीमा राखेको छ । उक्त सूचीमा रहेका मुलुकहरुबाट कतार आउने नागरिकहरुलाई क्वारेन्टिन लगायतको बढी प्रक्रिया पूरा गर्नु नपर्ने बताइएको छ । यसैगरी २१ मुलुक भनें रातो सूचीमा परेका छन् । रातो सूचीमा परेका देशबाट आउनेहरुले भने क्वारेन्टिन लगायतको बढी प्रक्रिया पूरा गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।