बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति पक्राउ परेका छन। उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए । ।
श्रेष्ठले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानीका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए ।
त्यसविरुद्ध उक्त सहकारी संस्था लिमिटेडका अध्यक्ष धनकुमार राईको जाहेरीले उनलाई बैंकिङ कसुर मुद्दामा मुद्दा चलाइएको थियो । अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५९१० बमोजिम सजाय हुने फैसला गरिएको थियो ।