ओखलढुंगामा जिप दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौँ, २९, कात्तिक । ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ काँडेभन्ज्याङ बुलडाँडामा आज बिहान साढे ७ बजेतिर जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । सुनकोशी गाउँपालिकाको च्यानमदेखि चम्पादेवी ककनी मन्दिरतर्फ गएको प्रदेश ३, ०१०२२ च ९६९४ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतेनीका ३५ वर्षीया मिठुमाया मगर, अन्दाजी १६ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए ।
दुर्घटनामा परेर घाइते भएका १३ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भइरहेको डिएसपी काफ्लेले बताए । हेलिकप्टर काठमाडौंबाट उडिसकेको र केही मिनेटमै घटनास्थलमा अवतरण गर्ने उनले बताए ।