image
image

कोरियन भाषा परीक्षाको मिति तोकियो, कहिले छ परिक्षा ?

काठमाडौँ, २९, कात्तिक । रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरुका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ।

इपिएस शाखा ग्वार्कोले एक सूचना जारी गर्दै आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुने जानकारी दिएको हो। शाखाका अनुसार परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुने छ। उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ।

गत वर्ष भने विश्व भरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीका कारण भाषा परीक्षा हुन सकेन। सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाहरुले सहभागिता जनाएका थिए। उनीहरुमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।