दोलखाका ७ पत्रकार प्रहरी नियन्त्रणमा
काठमाडौँ, २८, कात्तिक । दोलखाका ७ जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि अलपत्र परेको साँघु–जिरी सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न माग गर्दै लामोसाँघु–जिरी सडक सुधार आयोजना कार्यालयमा तालाबन्दी गर्न पुगेका उनीहरूलाई पक्राउ गरी नियन्त्रणमा राखेको पक्राउ परेका मध्येका एक पत्रकार श्याम खतिवडाले बताए ।
मुडे–चरिकोट सडक लामो समयदेखि अलपत्र छ, उनले भने, नागरिक समाज भनेर लामोसमयदेखि संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका थियौँ । शनिबार भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो सवारी साधनमा टाँसेका थियौँ । यति गर्दा पनि सडक निर्माणमा आयोजना कार्यालय तत्पर नदेखिएपछि आइतबार आयोजनाको कार्यालयमा तालाबन्दी गर्न गयौँ । ताला लगाएपछि प्रहरीले हामीलाई पक्राउ गरेर राखेको छ ।
पक्राउ पर्नेमा खतिवडासहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पत्रकारहरु गोकर्ण भण्डारी, सिर्जन घिमिरे, राजन बस्नेत र अर्जुन कार्की रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चरिकोटमा राखिएको छ ।
यसैबीच उक्त घटनाको एशोसिएट प्रदेश समितिले विरोध जनाएको छ । राजधानी काठमाडौँसँग जोड्ने उक्त सडक ६ वर्षदेखि अलपत्र पारिएको र सडक निर्माण गर्न दबाब दिने पत्रकारलाई पक्राउ गर्नु निन्दनीय रहेको महासंघ एशोसिएट प्रदेश समितिले जनाएको छ । यथाशीघ्र पत्रकारहरुलाई रिहा गर्न पनि समितिले आग्रह गरेको छ ।