image
image

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्स बिच रेमिट्यान्स सम्झौता

काठमाडौँ, २८, कात्तिक। बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रालिसँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ ।

बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भू–भागमा रेमिट्यान्स सेवा पुर्‍याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स प्रालि मार्फत पठाएको भएको रकम नेपाल भित्ररहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा सम्बन्धित महानुभावले भुक्तानी पाउन सकिने जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।