आज ह्वातै घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २७ कात्तिक । आज नेपालमा कोरोना भाइरसका २ सय ९५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ४ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हिजो शुक्रबार ३९७ जना नयाँ संक्रमित थपिएका थिए ।
हालसम्म ७ लाख ९७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा 8 हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।