देशभर चिसो बढ्यो, कस्तो रहला आज दिनभरको मौसम?
काठमाडौँ २७ कार्तिक ।देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली उल्लेख नरहेका कारण वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रमले चिसो बढ्न थालेको देखिएको छ ।
आज देशको पहाडी भू-भागगमा आंशिक बदली र बाँकी भू-भागगमा मौसम सामान्यतया सफा रहने छ। आइतबार भने देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, आज रातीसम्म प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।