पाल्पालाई ढाकाको ‘हब’ बनाइने
काठमाडौँ २६ कात्तिक। ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै ‘हब’ बनाउन जोड दिइएको छ । पाल्पाली ढाका सङ्घद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए ।
देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान बनाइसकेको छ । पाल्पाली ढाका सङ्घले ढाकाको ब्राण्ड बजारमा ल्याउने तयारी गरिरहेको छ । बाहिरबाट ल्याएको ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा आउन लागेको सङ्घले जनाएको छ । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले ढाका कपडाको उत्पादनमा वृद्धि गर्न सके यसबाट धेरैले रोजगार पाउने सम्भावना रहेको बताउनुभयो ।
“ढाका कपडा खरिद गर्नकै निम्ति बाहिरबाट ग्राहक पाल्पा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।” ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ नारालाई सार्थक बनाउन पनि ढाका कपडाबाट सघाउ पुग्ने उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेशकी कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले महिलाको सीप विकास र उद्यमशीलता विकासका लागी ढाकाबाट सहयोग पुग्ने बताउनुभयो । श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले आफ्नो मन्त्रालयबाट पाल्पाली ढाकाको विकासका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुुभयो । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सीप, श्रम, स्वरोजगार र ब्राण्डिङमार्फत् पाल्पालाई देशकै ढाकाको केन्द्रका रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभयो ।