image
image

श्रममन्त्रीसमक्ष वैदेशिक रोजगारीमा जाने युवाहरुको गुनासो 

काठमाडौँ, २६, कात्तिक । नेपालमा बसेर केही रोजगार नै नमिल्ने भएर वैदेशिक रोजगारीमा जाने पुनः श्रम स्वीकृतिमा अनावश्यक ढिलाइ भएको भन्दै युवाहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठ समक्ष गुनासो गरेका छन् ।

कार्यालय निरीक्षणका क्रममा बिहीबार पोखरा आइपुगेका मन्त्री श्रेष्ठलाई सेवाग्राहीले एक घण्टामा हुने कामलाई दुई दिन लगाइदिँदा आफुहरूको समय र अनावश्यक खर्च बढेको भन्दै गुनासो गरेका थिए । जवाफमा मन्त्री श्रेष्ठले आगामी आइतबारदेखि सेवा प्रवाहमा नयाँपन देखाएर छोड्ने बताए । उनले भने, आजसम्म जे भयो भयो, आइतबारदेखि नयाँ शैलीमा काम भएको पाउनुहुने छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको गतहप्ता एक महिना पूरा भएको छ । उनले पूर्ण क्षमताका साथ काम गरेर परिणाम देखाउन कर्मचारीलाई निर्देशन पनि दिएका छन् । तर मन्त्रालय अन्तर्गतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा उल्लेख्य सुधार आउन नसकेको सेवाग्राहीहरूको टिप्पणी छ ।

मन्त्री श्रेष्ठको स्पष्टीकरण

यसैबीच श्रममन्त्री श्रेष्ठले नेपालमा रहेका सबै समुदायप्रति आफ्नो समान सद्भाव रहेको बताएका छन् । सोमबार गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा मधेसी समुदायको अपमान गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको सार्वजनिक भए लगत्तै मन्त्री श्रेष्ठले बिहीबार पोखरामा आयोजित कार्यक्रममा सबै समुदाय प्रति आफ्नो समान सम्मान र सद्भावना रहेको बताए ।

मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा दुई तिहाइको सरकार छाडेर देशै टुक्र्याउ भन्ने मधेशीहरूलाई १२–१४ जना मन्त्री बनाएको अभिव्यक्ति दिएको सार्वजनिक भएको थियोे  । 

मन्त्री श्रेष्ठको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा विरोध गर्दै तत्काल पदबाट हटाउनुपर्ने टिप्पणी गरेका थिए । मन्त्री श्रेष्ठले भनेका छन्, मेरो अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको छ । मेरो सबै  समुदाय र जातिप्रति सम्मान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।