आज घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २५ कात्तिक। नेपालमा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३१७ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।९ हजार ६०९ जनाको पिसिआर परीक्षण र ३०४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित छन्।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ।
२७९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।