image
image

पाँच वर्षे मल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्दै युएई

काठमाडौँ कार्तिक २४ । कोरोना महामारीले थालिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यले युएईले पाँच वर्षे पल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने भएको छ । कोरोना महामारीपछि आफ्नो देशमा पर्यटकको सङ्ख्या बढाउन र युएईलाई विश्वको मुख्य पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न भिसा प्रणाली सहज बनाएको हो । 

पाँच वर्षको मल्टिपल टुरिस्ट भिसा अन्तर्गत पर्यटकहरू पटक पटक यूएई आउजाउ गर्न सक्नेछन् । पर्यटकले पटक पटक भिसा लगाउने झन्झट गर्न पर्ने छैन । एक पटक जाँदा ९० दिनसम्म बस्न पाइने छ भने थप ९० दिन आफ्नो बसाई लम्ब्याउन पनि सकिन्छ । यो भिसा संसारका सबै देशका नागरिकले पाउने खबर खालिज टाइम्सले लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।