image
image

वर्षाका कारण देशभरका २४८ सडकमा क्षति

काठमाडौँ २४ कात्तिक । यस वर्ष वर्षाका कारण देशभरका २४८ सडकमा क्षति पुगेको छ । क्षति पुगेका दुई सय ४६ सडक पुनःनिर्माण गरिए पनि अझै दुई वटा सडक खुल्न सकेको छैन । गत जेठ अन्तिम सातादेखि कात्तिकको पहिलो सातासम्म परेको वर्षाका कारण ती सडकमा क्षति पुगेको थियो ।

बझाङको जालिबगर र नारुगाडमा सडक अहिले पनि अवरुद्ध छ । सेती नदीले दुई स्थानमा गरी झण्डै पाँच सय मिटर सडक बगाएको छ । नदीमा पानीको बहाव कम भएपछि मात्रै सडक खुलाउन सकिने सडक विभागले जनाएको छ । यस्तै सुर्खेत–दैलेख–महावुलेख–गाल्जे नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको जिया भिरमा सडक अवरुद्ध छ । कात्तिक १७ गते सुक्खा पहिरोका कारण सो सडक अवरुद्ध भएको थियो । उपकरणको प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

जेठदेखि १४६ सडक आंशिक रुपमा मात्रै सञ्चालनमा रहेका विभागले जनाएको छ । हाल एकसय सडक मात्रै पूर्णरुपमा सञ्चालनमा छन् । सडक अवरुद्ध हुनासाथ सवारीसाधन एकतर्फी रुपमा सञ्चालनको व्यवस्था गरिएको थियो । वर्षा रोकिएकाले दुईतर्फी सडक खुलाउने विभागको योजना छ । विगत वर्षभन्दा बढी वर्षा भएकाले यस वर्ष सडक र पुलमा बढी क्षति पुगेको छ। सबैभन्दा लामो समयसम्म बेसीशहर–चामे सडक अवरुद्ध भएको थियो । कतिपय सडक असारमा अवरुद्ध भएपनि कात्तिकको वर्षाले पुनः अवरुद्ध भएका थिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।