image
image

आज संक्रमित भन्दा निको हुने बढी, मृत्यु हुनेको संख्या बढ्यो 

काठमाडौँ २४ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ४ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ५ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मंगलबार देशभर  ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै , आज ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९६ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।मंगलबार देशभर ४ सय ८४ जना निको भएर घर फर्किएका थिए । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ८७ र एन्टिजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो १ संक्रमितको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।