image
image

सिजी नेटले ल्यायो ‘सुपर सस्तो प्याकेज’

काठमाडौँ, २४, कात्तिक । चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा नयाँ र सस्तो  ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ।

सिजीका अनुसार ग्राहकले मासिक छ सय ४९ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सक्नेछन् । त्यस्तै १ महिना, ३ महिना, ६ महिना र १ वर्षका लागि यो प्याकेज उपलब्ध रहेको छ । 

यो प्याकेज लिन चाहनेलाई तीन महिनको १९ सय ४७ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ । त्यस्तै ६ महिनाको शुल्क तीन हजार ८ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ भने वार्षिक ग्राहकले ७ हजार ७ सय ८८ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्।

यी प्याकेज लिन चाहने ग्राहले जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सक्नेछन्।
कम्पनीले यसअघि नै प्रति महिना ९९९ रूपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट वितरण गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।