कामना सेवा बैंकले गर्यो वृद्धाश्रमलाई खाद्यान्न सहयोग
काठमाडौँ, २४, कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको सोर्हखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ।
उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ। आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने बैंकले जनाएको छ।