image
image

सरकारले जनशक्ति अभावको कारण देखाउँदा जनगणनामा सधैँ छुट्छन् १ सय ८९ देशमा रहेका नेपाली

काठमाडौँ, २४, कात्तिक । राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न भइसकेको र अब जनगणना मात्र बाँकी रहेको जानकारी दिएको हो । 

२५ कात्तिक देखि ९ मङ्सिरसम्म हुने गणनाका लागि देशभर ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई तालिम दिइएको छ । विभागले घर तथा घरपरिवारको लगत सूचीकरणका लागि २५ मुख्य र ५५ सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरेको छ । 

रोजगारीसहित अन्य कारणले विश्वका १ सय ८९ देशमा नेपालीहरू बसोबास गरिरहेका छन् । भारतसहित सार्क राष्ट्र, एसियाली मुलुक, खाडीका देश, मलेसिया, युरोपका देश, अमेरिका, क्यानडा र अफ्रिकी देशमा रहेका नेपालीहरूको २०७८ सालको जनगणनामा विवरण मात्र संकलन हुने र उनीहरूको मुल गणना नहुने तथ्यांक विभागले जनाएको छ ।

यसरी तयार पारिएको प्रश्नमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका हकमा विदेश गएको भन्ने विषय मात्र समेटिएको छ । जनगणनामा वैदेशिक रोजगारीमा छन् कि छैनन् भन्ने प्रश्न र संख्या मात्र राखिएको हो । साथै अध्ययन र अन्य पेशाका हकमा पनि कुन देशमा अध्ययनसँगै रोजगारी गरिरहेका छन् भन्ने प्रश्न समेटिएको विभागले जानकारी दिएको छ ।  

विगतझैँ राष्ट्रिय जनगणना २०७८ मा पनि विदेशमा रोजगारी, अध्ययन र अन्य पेशा–व्यवसायी गर्दै आएका नेपालीहरू छुट्ने भएका हुन् । विगतका जनगणनामा जस्तै यसपटक पनि विदेशमा रहेका नेपालीहरूको यथार्त विवरण समेट्न नसकिने विभागले जनाएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।