अलैँचीको मूल्य वृद्धि हुँदा किसान मक्ख
काठमाडौँ, २३, कात्तिक। बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए ।
अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु पाँच लाख कमाए। त्यसपछि विमल पौडेलले रु तीन लाख विमल पौडेल समूहको अध्यक्षसमेत हुन। अलैँचीले भाउ राम्रो पाएपछि किसानको कमाइ बढेको हो ।
अघिल्लो वर्ष प्रतिकिलो अलैँचीलाई जम्मा रु ६०० मा बेचेका किसानले यो वर्ष रु एक हजार १५० सम्म मूल्य पाएका हुन् । झण्डै दोब्बरले भाउ बढेपछि अलैँची किसान मख्ख छन् । बजारमा अलैँचीको माग बढेका कारण मूल्य बढेको किसान बताउँछन् ।
गत वर्ष कम मूल्यमा अलैँची बेच्नुपर्दा किसान निराश हुनुपरेको थियो, अहिले भनेझैँ मूल्य पाएपछि किसान खुसी छन्, समूहका अध्यक्ष पौडेलले भने। उनले गुणस्तरीय उत्पादन दिन सके अलैँचीको बजार राम्रो रहेको बताए ।
समूहले २०० रोपनी जग्गामा विगत छ वर्षदेखि अलैँचीको व्यावसायिक खेती गर्दै आएको छ । अलैँची बेचेर वार्षिक आउने आम्दानीलाई किसानले आफ्नो उत्पादन अनुसार बाँडेर लिन्छन् । समूहमा नरहेका किसानबाट पनि अलैँची सङ्कलन गरेर बजारसम्म पुर्याउन समूहले सहजीकरण गर्दै आएको छ ।
बरेङमै सबैभन्दा धेरै क्षेत्रफलमा अलैँची खेती गरेको उक्त समूहमा १९ जना किसान आबद्ध छन् । बसाइँसराइले गाउँका जग्गा बाँझो पल्टन थालेपछि गाउँले मिलेर अलैँची खेतीको योजना बनाएका थिए । समूहलाई अलैँची सुकाउने उपकरण खरिद, बगान विस्तारलगायतमा कृषि ज्ञान केन्द्र र गाउँपालिकाले अनुदान सहयोग दिएको छ ।
अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य केदार आचार्यले यो वर्ष उत्पादनमा ह्रास आएकाले अलैँचीको बजार मूल्य बढेको बताए। अलैँची निर्यात हुने प्रमुख देश भारतका व्यापारीले पनि बढी मूल्य तिरेरै भए पनि नेपालको अलैँची खरिद गर्न तयार भएको उनको भनाइ छ ।
खडेरी, सिँदुरे रोग आदि कारणले यो वर्ष देशभर अलैँचीको उत्पादनमा गिरावट आयो, जसले गर्दा बजार माग बढी छ, किसानले राम्रै मूल्य पाउनुभएको छ, आचार्यले भने। उनले जैमिनी नगरपालिका–१० राङखानीको २० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । त्यहाँ अलैँचीको नर्सरी पनि छ ।