बैंकिङ कसुरमा साढे ९ लाख जरिवाना सुनाइएका प्रतिवादी पक्राउ
काठमाडौँ, २३, कात्तिक । बैंकिङ कसुरको मुद्दामा साढे ९ लाख जरिवाना सुनाइएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला वडा नं. १० झोझरा घर नम्बर १३६५ घर भई जिल्ला काठमाडौं कामनपा–१ कमलपोखरी ४५ बस्दै आएका वर्षीय राजहरण साह छन्। उनलाई काठमाडौं–१ कमलपोखरीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।
साह ललितपुर महानगरपालिका–१५, सातदोबाटोस्थित जयबाबा गणिनाथ महाराज सप्लायर्समा प्रमुख पदमा कार्य थिए। आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्याएर ०७५ पुस ५ मा ग्लोबल आईएमई बैंक, शाखा कार्यालय, ज्ञानेश्वरको चेक दिएका थिए। तर चेकबाट रकम भुक्तानी नभएपछि केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी परेको थियो।
यसपछि प्रहरीले उच्च अदालत पाटनमा मुद्दा चलाएको थियो। साहलाई ७ दिन कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना हुने उच्चले फैसला सुनाएको छ।
फैसला कार्यान्वयनका लागि उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जानकारी दिएको छ।