image
image

आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

काठमाडौँ २२ कात्तिक । आजदेखि हास्यकलाकार जीतु नेपालद्वारा सञ्चालित ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । कार्यक्रम सञ्चालक जितु नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै आजदेखि शो बन्द भएको घोषणा गरेका हुन् ।

प्रत्येक साँझ सोमबार ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोको अन्तिम भाग भने आज प्रसारण हुने जितु नेपालले भनेका छन्।

उनका अनुसार निर्माण एजेन्सीले आफूसँग सल्लाह नै नगरी कलाकारहरुलाई अन्य कार्यक्रममा लिएर गएपछि कार्यक्रम बन्द गर्नुपरेको हो । साथै, कार्यक्रम चलाउँदाको दुःख देखेर यसअघि नै कार्यक्रम बन्द गर्न आफूले चाहेको पनि उनले बताए ।

नेपालले करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई दुःख लागेको पीडा पनि सुनाएका छन् ।

उनले सञ्चारकर्मीसँग भने, ‘दुःख धेरै थियो । म बन्द गर्न चाहन्थे, टिम वर्कमा पनि गडबडी भयो । बन्द गर्ने बहाना पनि मिल्यो । उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो । मेरो गुनासो निर्माण एजेन्सीसँग हो । एजेन्सीले मसँग सल्लाह नगरी मेरो कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजनमा कार्यक्रम बनायो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।