मंसिर १ गतेबाट ई-पासपोर्ट जारी गर्ने
काठमाडौँ २२ कात्तिक ।राहदानी विभागले मंसिर १ गतेदेखि ई-पासपोर्ट जारी गर्ने भएको छ। विभागले १ गते ई-पासपोर्टको परीक्षण सुरु गर्ने लागेको हो। आंशिक रुपमा सुरु हुने ई-पासपोर्ट विस्तारै देशभरबाट वितरण हुने विभागले जनाएको छ।
विभागले ई-पासपोर्ट जारी गर्नका लागि आवश्यक तयारी तथा परीक्षणको काम अन्तिम चरणमा पुगेको जनाएको छ। विभागमा प्रवक्ता शरदराज आरनका अनुसार ई-पासपोर्ट जारी गर्नका लागि आवश्यक काम तिब्र रुपमा अघि बढेको छ।
पहिलो चरणमा राहदानी विभागले मात्रै ई-पासपोर्ट जारी गर्ने भएको छ। विभागबाट जारी भएको पासपोर्ट परीक्षण पछि क्रमिक रुपमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट जारी गर्न सुरु गरिने उनको भनाइ छ।
विभागले अहिले एमआरपी पासपोर्ट वितरण गरेजस्तै दैनिक ५ हजार ई-पासपोर्ट सुरुवाती चरणमा जारी गर्न नसक्ने आरनले बताए। उनका अनुसार सुरुवाती चरणमा दैनिक ५०, १००, २०० हुँदै बढ्दै जाने छ।