ह्वातै बढ्यो संक्रमित संख्या, सबै भन्दा बढी संक्रमित राजधानीमा
काठमाडौँ २२ कात्तिक ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। हिजो आइतबार १४३ जना कोरोना भाइरसबाट संक्रमित भेटिएका थिए ।
आज २ हजार ६०६ जनाको पिसिआर परीक्षण र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित छन्।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ।
४२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।त्यस्तै, काठमाडौं उपत्यकामा १५२ थपिएका छन्। जसमध्ये काठमाडौंमा ११७, ललितपुरमा २० र भक्तपुरमा १५ संक्रमित छन्।