image
image

चन्दा संकलन गरेर सभाहल निर्माण

काठमाडौँ, २०, कात्तिक । बेनी नगरपालिका–७ मा चन्दा सङ्कलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो । खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले रु ३५ लाख चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको जानकारी दिए ।

संस्थाका पदाधीकारी र सदस्यबाट जुटाएको रकमले भवन ठडयाएका हौँ”, उनले भने, “हालसम्म सरकारी सहयोग मागेका छैनौँ । व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ ।”

झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रङ्गरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताए ।

नेवार समुदायको अगुवाइमा उक्त सभाहल निर्माण गरिएको हो । सो सभाहल सबैले प्रयोग गर्न पाउने  मंकाः खलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

बेनी बजारमा सभा समारोह, भोज भतेर आयोजना गर्दा सभाहलको अभाव भएकाले सामाजिक आवश्यकता महशुस गरी सभाहल बनाएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष समेत रहेका श्रेष्ठले बताए ।

यहाँस्थित होटलमा पनि सभाहलको अभाव छ । 

सभाहल निर्माणका लागि स्व चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्व काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराएको थियो ।

थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल संवत ११४२ का अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले रु तीन लाख ३३ हजार तथा तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले सभाहल निर्माणका लागि रु एक लाख १५ हजार उपलब्ध गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।